तिमी जान्दछौ शासन गर्नु नै सरकार हो
सरकार ढाल्नु नै क्रान्ती हो
यसो हो भने
फगत यी मनोभावनाबाट बाहिर आउ
एकदिन यस्तो हुनेछ
तिमिले नै अभावमा थमाएका रित्तो कचौरीहरु
बाध्यतामा थमाएका राहदानीहरु
विद्रोहका हतियार बन्नेछन
अनि ढल्नेछन
तिम्रा विरासतका ट्विन टावरहरु।
महंगिले छाला काढिएका
अस्थिपन्जरहरु बिस्तारै उठ्नेछन
आगो लगाई मारिएका
कंकालहरु जुट्नेछन
तिमी मान या नमान
एकदिन यस्तो हुनेछ
तिमिले नै ठड्याएका सालिकहरुबाट
फुत्त निस्कनेछन हजारौं सहिदहरु
अनि
ध्वस्त हुनेछन तिम्रा विरासतका ट्विन टावरहरु ।
तिमी मान या नमान
यस्तो पनि हुनेछ एकदिन
तिमिले नै घोषणा गरेका जनसभामाहरुमा
तिमिले नै आव्हान गरेका बैठकहरुमा
गस्ती चिलहरुको घेरा तोड्दै
बजारमा नबिकेका सर्टिफिकेट भित्रबाट
फुत्त निस्कनेछन हजारौं लादेनहरु
अनि
ढल्नेछन तिम्रा विरासतका ट्विन टावरहरु ।
विचौलियाको पैतालोबाट उठ्नेछन किसानहरु
भ्रस्टाचारको जन्जालोबाट ब्युँतनेछन नागरिकहरु
एकदिन यस्तो हुनेछ
तिमिले नै हत्या गरेका संविधानका धाराहरु
तिमिले नै बलत्कार गरेका कानुनका उपधाराहरु
न्यायालको तराजुहरुबाट
फुत्त निस्कनेछन अनि
बर्साउनेछन बम गोला र बारुदहरु।
भस्म हुनेछन् तिम्रा विरासतका ट्विन टावरहरु ।
भस्म हुनेछन् तिम्रा विरासतका ट्विन टावरहरु ।
सर्जक :रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology