Logo

२०८३, आश्विन १७गते


images
images

नियम नमान्ने स्थानीय सरकार

काठमाडौँ महानगरसहित ९३ स्थानीय तहले बजेट विवरण बुझाएनन्

काठमाडौँ महानगरसहित ९३ स्थानीय तहले बजेट विवरण बुझाएनन्

images
  • काठमाडौँ महानगरसहित ९३ स्थानीय तहले बजेट विवरण बुझाएनन्
    images
    images

    काठमाडौँ । अहिलेसम्म सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ९३ स्थानीय तहले बजेटको विवरण नबुझाएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा अहिलेसम्म ७५३ मध्ये ६६० स्थानीय तहले मात्र बजेट विवरण प्रविष्ट गरेका छन् । अझै ९३ स्थानीय तहले बजेट विवरण प्रविष्ट गरेका छैनन् ।

    images
    images
    images

    जसमा कोशी प्रदेशका १३, मधेश प्रदेशका ४४, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका १२, कर्णालीका ७ र सुदूरपश्चिमका ३ स्थानीय तहले अहिलेसम्म बजेट विवरण बुझाएका छैनन् । यसमा केहि स्थानीय तहले बजेट सार्बजनिक गरेपनि मन्त्रालयमा नबुझाएको पाइएको छ भने कैयौं स्थानीय तहले बजेटनै ल्याउन नसकेको देखिएको छ ।

    images
    images
    images

    सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले बजेट सार्बजनिक गरेपछि मन्त्रालयको वेभसाइटमा अनिवार्य विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ । तापनि काठमाडौँ महानगर, रत्ननगर नगरपालिका लगायतका स्थानीय तहले बजेट ल्याएर पनि मन्त्रालयमा बजेट विवरण पेश नगरेको देखिएको छ ।

    images
    images
    images

    मन्त्रालयको आँकडा अनुसार गत आर्थिक बर्षमा ७०२ स्थानीय तहले मात्र आफ्नो बजेट विवरण मन्त्रालयमा बुझाएका थिए भने ५१ स्थानीय तहले बुझाएका थिएनन् ।

    बजेट विवरण नबुझाउने स्थानीय तह :

    कोशी प्रदेश

    १- फाल्गुनन्द गाउँपालिका, पाँचथर
    २- बाह्रदशी गाउँपालिका, झापा
    ३- म्याङलुङ नगरपालिका, तेह्रथुम
    ४- रामप्रसाद राई गाउँपालिका, भोजपुर
    ५- साल्पासिलिछो गाउँपालिका, भोजपुर
    ६- इटहरी उप-महानगरपालिका, सुनसरी
    ७- धरान उप-महानगरपालिका, सुनसरी
    ८- सुनवर्षी नगरपालिका, मोरङ
    ९- धनपालथान गाउँपालिका, मोरङ
    १०- खोटेहाङ गाउँपालिका, खोटाङ
    ११- दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ
    १२- साकेला गाउँपालिका, खोटाङ
    १३- सुनकोशी गाउँपालिका, ओखलढुंगा

    मधेश प्रदेश

    १- डाक्नेश्वरी नगरपालिका, सप्तरी
    २- राजविराज नगरपालिका, सप्तरी
    ३- हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
    ४- अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी
    ५- छिन्नमस्ता गाउँपालिका, सप्तरी
    ६- महादेवा गाउँपालिका, सप्तरी
    ७- बलान-विहुल गाउँपालिका, सप्तरी
    ८- कल्याणपुर नगरपालिका, सिराहा
    ९- धनगढीमाई नगरपालिका, सिराहा
    १०- सिरहा नगरपालिका, सिराहा
    ११- सुखीपुर नगरपालिका, सिराहा
    १२- नवराजपुर गाउँपालिका, सिराहा
    १३- लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
    १४- जनकपुर उप-महानगरपालिका, धनुषा
    १५- क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
    १६- धनुषाधाम नगरपालिका, धनुषा
    १७- नगराइन नगरपालिका, धनुषा
    १८- मिथिला नगरपालिका, धनुषा
    १९- औरही गाउँपालिका, धनुषा
    २०- कमला नगरपालिका, धनुषा
    २१- जनकनन्दिनी गाउँपालिका, धनुषा
    २२- हंसपुर नगरपालिका, धनुषा
    २३- धनौजी गाउँपालिका, धनुषा
    २४- सोनमा गाउँपालिका, महोत्तरी
    २५- मलंगवा नगरपालिका, सर्लाही
    २६- हरिवन नगरपालिका, सर्लाही
    २७- चन्द्रनगर गाउँपालिका, सर्लाही
    २८- रामनगर गाउँपालिका, सर्लाही
    २९- पर्सा गाउँपालिका, सर्लाही
    ३०- कटहरीया नगरपालिका, रौतहट
    ३१- दुर्गाभगवती गाउँपालिका, रौतहट
    ३२- देवाही गोनाही नगरपालिका, रौतहट
    ३३- फतुवा विजयपुर नगरपालिका, रौतहट
    ३४- यमुनामाई गाउँपालिका, रौतहट
    ३५- निजगढ नगरपालिका, बारा
    ३६- महागढीमाई नगरपालिका, बारा
    ३७- आदर्श कोतवाल गाउँपालिका, बारा
    ३८- सुवर्ण गाउँपालिका, बारा
    ३९- विश्रामपुर गाउँपालिका, बारा
    ४०- पोखरिया नगरपालिका, पर्सा
    ४१- धोबीनी गाउँपालिका, पर्सा
    ४२- पकाहा मैनपुर गाउँपालिका, पर्सा
    ४३- सखुवा प्रसौनी गाउँपालिका, पर्सा
    ४४- कालिकामाई गाउँपालिका, पर्सा

    बागमती प्रदेश

    १- हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
    २- विगु गाउँपालिका, दोलखा
    ३- सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
    ४- खनियाबास गाउँपालिका, धादिङ
    ५- गल्छी गाउँपालिका, धादिङ
    ६- दुप्चेश्वर गाउँपालिका, नुवाकोट
    ७- गोदावरी नगरपालिका, ललितपुर
    ८- मध्यपुर थिमी नगरपालिका, भक्तपुर
    ९- राप्ती नगरपालिका, चितवन
    १०- काठमाडौँ महानगरपालिका

    गण्डकी प्रदेश

    १- हरिनास गाउँपालिका, स्याङजा
    २- बुखैरेनी गाउँपालिका, तनहुँ
    ३- गण्डकी गाउँपालिका, गोरखा
    ४- बेसीशहर नगरपालिका, लमजुङ

    लुम्बिनी प्रदेश

    १- पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
    २- प्रतापपुर गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
    ३- कोटहीमाई गाउँपालिका, रूपन्देही
    ४- रोहिणी गाउँपालिका, रूपन्देही
    ५- सम्मरीमाई गाउँपालिका, रूपन्देही
    ६- मायादेवी गाउँपालिका, कपिलबस्तु
    ७- यसोधरा गाउँपालिका, कपिलबस्तु
    ८- शुद्धोधन गाउँपालिका, कपिलबस्तु
    ९- सरुमारानी गाउँपालिका, प्यूठान
    १०- तुल्सीपुर उप-महानगरपालिका, दाङ
    ११- लमही नगरपालिका, दाङ
    १२- बबई गाउँपालिका, दाङ

    कर्णाली प्रदेश

    १- अदानचुली गाउँपालिका, हुम्ला
    २- गुठिचौर गाउँपालिका, जुम्ला
    ३- तिला गाउँपालिका, जुम्ला
    ४- कुमाख गाउँपालिका, सल्यान
    ५- छत्रेश्वरी गाउँपालिका, सल्यान
    ६- दार्मा गाउँपालिका, सल्यान
    ७- नौमुले गाउँपालिका, दैलेख

    सुदूरपश्चिम प्रदेश

    १- टिकापुर नगरपालिका, कैलाली
    २- बान्नीगढी जयगढ गाउँपालिका, अछाम
    ३- बुढीनन्दा नगरपालिका, बाजुरा

    के छ कानुनी व्यवस्था ?

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन-२०७४ मा हरेक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आम्दानी-खर्चको अनुमानित विवरण (बजेट) असार १० भित्र नगरसभा वा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० सम्म बजेट पेस र असारभित्र पारित गरिसक्नुपर्ने भनिए पनि बजेट नल्याएको खण्डमा के हुने भन्ने कुनै व्यवस्था छैन । तर अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ ले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।