Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा आरोपको गृहमन्त्री सचिवालयद्धारा खण्डन

रास्वपा आरोपको गृहमन्त्री सचिवालयद्धारा खण्डन

images
  • रास्वपा आरोपको गृहमन्त्री सचिवालयद्धारा खण्डन
    images
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भन्ने आरोपको खण्डन गरेको छ । 

    images
    images
    images

    विहिवार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीकै कार्यकक्षमा तयार उजुरी तयार गरेर न्याय परिषद्‌मा दिइएको र रवि लामिछानेको मुद्दालाई प्रभावित पारिएको आरोप लगाएकी थिइन् ।

    images
    images
    images

    गृहमन्त्री लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ, सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने किसिमका अभिव्यक्ति पूर्णत: भ्रामक, कपोलकल्पित र मनगढन्ते हुनुका साथै माननीय गृह मन्त्रीज्यूलाई तथ्यहीन दोषारोपण गर्ने गलत मनसायले प्रेरित उक्त अभिव्यक्ति र समाचारको सचिवालय खण्डन गर्दछ। 

    अदालत र न्याय परिषद् जस्ता सम्मानित निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा माननीय गृह मन्त्रीज्यू र सचिवालय संवेदनशील रहेको हुँदा सम्मानित न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू नभएको, हुनै नसक्ने र आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त हुन अनुरोध गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।