Logo

२०८३, आश्विन १०गते


images
images

निगरानी

बजेट अभावले देवदहको जैविक विविधता पार्क अलपत्र

बजेट अभावले देवदहको जैविक विविधता पार्क अलपत्र

images
  • बजेट अभावले देवदहको जैविक विविधता पार्क अलपत्र
    images
    images

    देवदह । बुद्ध मावली देवदहमा जन्मिएको एक महत्वाकांक्षी योजना बजेट अभावमा हुर्किन सकेको छैन । झन्डै ८ करोडको लागतमा तयार हुने भनिएको जैविक विविधता पार्क बजेट अभावले अलपत्र बन्ने खतरा देखिएको छ ।

    images
    images
    images

    देवदह-६ स्थित शिवालय सामुदायिक वन क्षेत्रभित्र पाँच विगाहा क्षेत्रफलमा निर्माण हुने जैविक विविधता पार्कको गुरुयोजना तयार भएको वर्षौं भयो । सामुदायिक वनले हरेक वर्ष थोरै-थोरै लगानी पनि गरिरहेको छ । तर वनको सानो लगानीले पार्कमा देखिने गरी काम हुन सकेको छैन । 

    images
    images
    images

    वनका अध्यक्ष रामचन्द्र पौडेलका अनुसार लुम्बिनी प्रदेशमै पहिलोपटक र सम्भवत: नेपालमै पहिलोपटक जैविक विविधता पार्कको अवधारणा यहींबाट आएको हो । ‘हामीले अवधारणा ल्यायौं । जग्गा व्यवस्थापनदेखि गुरुयोजना तयार गर्नेसम्मका काम गर्यौं ।’ अध्यक्ष पौडेल भन्छन्, ‘तर नीति निर्माण तहमा पुगेर यो विषयलाई प्राथमिकता दिलाउन सकिएन । हामीले मात्र पहल गरेर बजेट पार्न सकिएन ।’

    images
    images
    images

    जलवायु परिवर्तनको असर रोक्न जैविक विविधताको संरक्षण अपरिहार्य छ । ७ करोड ९० लाख लागत अनुमान गरिएको यस पार्कमा हालसम्म जम्मा २५ लाख लगानी भएको छ । यो रकम वनको आन्तरिक स्रोत र वडा तथा नगरपालिकाको सहयोगबाट जुटाइएको हो ।

    जैविक विविधता पार्क .jpg

    पार्कको गुरुयोजनामा पार्कभित्र स्विमिङ पूल, भ्यू टावर, विभिन्न मनोरञ्जनका पूर्वाधार, पिकनिक स्पट, जैविक पोखरी, औषधिजन्य र लोपोन्मुख जडीबुटीहरूको प्रवर्द्धन गर्ने कुरा उल्लेख छ । पार्कमा अमला, बेल, अशोक लगायतका विरुवा रोपिने तथा पशुपंक्षीका लागि पानीको स्थायी स्रोत र आश्रयस्थलसमेत निर्माण गरिनेछ ।

    शिवालय सामुदायिक वन १८३ हेक्टर क्षेत्रमा फैलिएको छ र ६७५ घरधुरीसँग आबद्ध छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार वन पैदावार बिक्रीबाट यसको वार्षिक आम्दानी १५ लाख ७१ हजार रुपैयाँ हुन्छ । यही रकमबाट कर्मचारीको तलब, कार्यालय सञ्चालन, संरक्षण र सामाजिक उत्तरदायित्वका काम गर्नुपर्ने हुँदा ठूला पूर्वाधार निर्माणको लागि यो स्रोत 'हात्तीका मुख जिरा' सरह हुन्छ । 

    ‘हाम्रो स्रोतले तत्काल पार्क निर्माण गर्न गाह्रो छ । संघीय योजना पारेर काम गर्नुपर्ने हो ।'  अध्यक्ष पौडेल भन्छन, 'तर, हाम्रो पहुँच पुगेन । पहुँच पुग्नेहरूले पहल गरिदिनु भएन ।’

    वनको रचनात्मक प्रयास जारी

    स्रोत सीमित भए पनि शिवालय सामुदायिक वन केवल 'पर्खेर बस्ने’ अवस्थामा छैन । वनका पदाधिकारी र उपभोक्ता समितिका सदस्यहरुले आम्दानीका वैकल्पिक स्रोत खोजिरहेका छन् र त्यसैबाट 'विकासको तिर्खा मेट्ने प्रयास' गरिरहेका छन् ।

    हाल वनमा जैविक पोखरी, पिकनिक शेड, वनभोजका लागि खुला स्थान निर्माण भइसकेको छ । यसले सानो-सानो रकमले सामुदायिक वनले सक्ने काम गरिरहेको बुझ्न सकिन्छ ।

    वनले काठबाट अचानो बनाएर बिक्री गर्ने, बेसार र अमलाजस्ता कृषिजन्य वस्तु उत्पादन गरेर सुपथ मूल्यमा बिक्री गर्ने जस्ता काम गरिरहेको छ । जसले सामुदायिक वन केवल काठ/दाउरा विक्री गर्न मात्र होइन भन्ने उदाहरण शिवालय सामुदायिक वन बनाएको छ ।

    नगरपालिका के भन्छ ?

    जैविक विविधता पार्कमा बजेट अभाव भएको विषयमा राखिएको जिज्ञासामा देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले आफुहरुले सक्दो पहल गरिरहेको बताए । 'नगरपालिकाबाट बजेट विनियोजन गरिरहेका छौं । यसमा पहल नै नभएको भन्ने होइन । उनले भने, 'वनले आफै पनि पहल गर्नुपर्छ ।'

    फरक प्रसंगमा कुरा गर्दै नगर प्रमुख खरेलले समुदायीक वनहरु करको दायरामा आउनुपर्ने बताए । 'उहाँहरुले राजश्व तिर्नुपर्छ, आम नागरिकले कर तिर्दा वनले कर नतिर्ने भन्ने हुन्न ।' उनले भने, 'विकास हामी सबैको हो, पहल सबैले लिने हो ।

    पर्यावरणसंगै पर्यटन

    जैविक विविधता पार्क केवल वनस्पति र जीवजन्तुको संरक्षणका लागि मात्र नभई, देवदहको पर्यटन नक्सामा नयाँ आयाम थप्ने अवसर पनि हो । यसले बुद्धको मावली क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्य र मनोरञ्जनको मिश्रणले पर्यटक आकर्षित गर्न सक्छ ।

    अहिले नै देवदहमा काष्ठकला पार्क, प्रस्तरकला पार्कजस्ता संरचनाले स्थानीय र बाह्य पर्यटक आकर्षित गरिरहेका छन् । यी पार्कहरूले देवदहलाई ‘पार्कको नगर’ बनाउने सम्भावना बढाएका छन् ।

    यदि जैविक विविधता पार्क पूरा भयो भने, यो केवल थप एक पार्क मात्र हुनेछैन । यो देवदहको पर्यावरणीय पहिचान र पर्यटन ब्रान्डिङको केन्द्रबिन्दु बन्न सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जैविक विविधता पार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।