Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

धानको देशको देश

धानको देशको देश

images
  • धानको देशको देश
    images
    images

    कृषि प्रधान देश भनि दर्ज गर्ने गर्वले
    धानको बिउ चाहिँ दिन नपर्ने सर्कारले ।।
    मलको मोल चढी झन् मर्का पाई किसान
    मुकदर्शक भए निस्काम सबै मन्त्रीमान् ॥

    images
    images
    images

    घाममा पसिना बगाई लगाए बाली नाली 
    पाक्यो बाली सस्तो मूल्य सरकार जाली ।।
    बिचौलियाले त लुटी सबै लाभ लियो 
    किसान आँसुमा डुबेर पिरमा पिरलियो ।।

    images
    images
    images

    विषादी पाउन समयमै सक्दैन किसान
    किरा रोगले बालीको गर्छ सबै नोक्सान ।।
    सिंचाइ नपाई सुख्खा भयो मुटु धरती
    मौन सरकार बस्यो रित्तो वचन भरती ॥

    images
    images
    images

    काम गर्ने बलिया युबा परदेश पसे
    खेतबारी झन् बाँझो छ‍ोड्दै बस्तीहरु खसे ।।
    छोरो बिदेश  बुहारीले पनि गरिनन् खेती 
    बाँझो बारी हेरी पोल्यो मुटु बाबाको भतभती ॥

    ऋणको बोझले बैक आयो घरको ढोकामा
    भयो घरबास जफत गयो खेत समेत लोकामा ।।
    खेत गयो घर गयो न रह्यो  चुल्हो,  बाँकी
    घरबास सबै उठ्यो  उठिबासमा पर्यो साथी ॥

    भण्डार रित्तो भयो, भात बिदेशी आयो
    धानको माया गयो, धूलो मात्र साँचियो ।।
    सधै किसानको अपमान यै ढंग चल्यो
    भोकै जनता बसी नेताहरु चम्कियो ॥

    कृषिलाई कदर गर, मुटुमा माया राख
    किसानको आँसु सुकाउन अवश्य जाग ।।
    नत्र नाम मात्र रहनेछ यो धानको देश
    रित्तो भण्डार, भोकको हाहाकार देख ॥

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।