Logo

२०८३, आश्विन १७गते


images
images

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईको घोषणा

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईको घोषणा

images
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईको घोषणा
    images
    images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।

    images
    images
    images

    प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बैंक चोर भनेको प्रति आपत्ति जनाएका थिए । उनले बैंकलाई तिरेको ब्याज र कर्जा सूचना केन्द्रले पनि आफुलाई कालो सूची नराखेको स्पष्ट गरेका थिए ।

    images
    images
    images

    प्रसाईले आफुहरुको मुद्धा राजा ल्याउने रहेपनि अब राजामै सबै कुरा भरपर्ने बताए । आफुले प्रयास गरेको तर अब राजाले के गर्छन भन्ने अनुसार अगाडी बढ्न बताए ।

    उनले व्यवस्था भित्र बसेर व्यवस्था विरोधी आन्दोलन गर्न दल दर्ता गर्न लागेको बताउदै राप्रपा र आफुमा धेरै फरक रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।