Logo

२०८३, श्रावण ३०गते


images
images

गाजामा युद्धविराम

हमासले स्वीकार गर्यो युद्धविरामको नयाँ प्रस्ताव

हमासले स्वीकार गर्यो युद्धविरामको नयाँ प्रस्ताव

images
  • हमासले स्वीकार गर्यो युद्धविरामको नयाँ प्रस्ताव
    images
    images

    काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

    images
    images
    images

    हमासलाई दिइएको यो प्रस्ताव इजिप्ट र कतारको मध्यस्थतामा  गत जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ।

    images
    images
    images

    यस योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागू गरिनेछ । यसपछि, हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ । यी मध्ये २० जना जीवित रहेको अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविराममा वार्ता अगाडि बढ्नेछ ।

    images
    images
    images

    यद्यपि, इजरायलको प्रतिक्रिया अझै आएको छैन। गत हप्ता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने मात्र देशले कुनै पनि सम्झौता स्वीकार गर्ने बताएका थिए । हमासको सम्झौताको रिपोर्टको बीचमा जारी गरिएको भिडियोमा, नेतान्याहूले प्रत्यक्ष टिप्पणी गरेक छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।