हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरियाको क्रममा एक घरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा किरिया घरमा सघाउन आएका दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोन रहेको प्रहरीले जनाएको छ ।
घटनामा हाङलाङकी १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाइएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology