अनिष पन्थी, गुल्मी । गुल्मीको इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुईजनाको ज्यान गएको छ ।
चट्याङले इस्मा गाउँपालिका वडा ४ का ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार हुँदै छ।
त्यस्तै मालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रतेलको घर समेत चट्याङले ढलेको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology