Logo

२०८३, श्रावण ३०गते


images
images

गगनको गर्जन

सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

images
  • सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले संबिधान संशोधनको काम अहिलेसम्म शुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउदै संबिधान संशोधनको तयारीका लागि काम गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले सरकारले काम गर्न ढंग नपुर्याएको आरोप लगाए । उनले सरकारको काम गर्ने गति नमिलेको, फोकस नभएको आरोप लगाउदै सहकारी प्रकरणलाई गलत तरिकाले अगाडी बढाइएको बताए । उनले अहिलेसम्म सहकारी पिडितले आफ्नो पैसा फिर्ता नपाएको बताए ।

    images
    images
    images

    उनले भने- 'सरकार बन्दाको उत्साह अहिले मरेको जस्तो भएको छ, हामिसँग समय धेरै छैन । यसलाई सुधारेर जानु पर्छ । सरकारको गति मिलेको छन् । यसलाई मिलाउनु पर्छ र जनताको उत्साह जगाउनुपर्छ ।'

    महामन्त्री थापाले सरकारको आलोचना गर्दै ड्राइभिङ सिटमा बसेको मान्छेले राम्रोसँग गाडी नचलाएको आरोप लगाउदै सरकारको गति नमिलेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।