माधव ज्ञवाली,गुल्मी । गुल्मीमा जिल्ला स्तरीय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। बलेटक्सार व्याटमिन्टन क्लबको आयोजनामा जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार स्थित बलेटक्सार व्याटमिन्टन कवर्डहलमा आउँदो पुष २ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको क्लबले जानकारी दिएको छ।
प्रतियोगितामा जिल्ला भित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल बिग्रेडमा मात्र खेलाइने भएकोले ए ग्रेडमा खेलेका खेलाडीले सहभागिता जनाउन नपाउने भएका छन् । खेल खेल्न आउँदा खेलाडीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ।
प्रतियोगिताको बिजेताले नगद रु.२० हजार साथमा ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु.१० हजार साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा तृतीय हुने टिमले नगद रु.५ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कवर्ड हल भित्र प्रवेश गर्दा बाहिर लगाएका जुत्ता प्रयोग गर्न नपाइने भएकोले खेल खेल्नको लागि अलग जुत्ता साथमा लिएर आउन पनि अनुरोध क्लबले गरेको छ।प्रतियोगितामा सहभागी हुन चाहाने टिमले पौष २ गते बिहान साढे ९ बजेसम्म आफ्नो टिम दर्ता गर्न सक्नेछन् ,दर्ता शुल्क रु. २ हजार तोकिएको छ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology