Logo

२०८३, आश्विन ९गते


images
images

वीरगंजमा हैजा

हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो

हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो

images
  • हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो
    images
    images

    वीरगंज । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर स्वास्थ्य शिक्षा दिएको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल बढ्दो खानेपानी तथा सरसफाईको कमीबाट उत्पन्न तथा प्रदूषितपानीको कारणले महानगरमा हैजा, ऑऊ, झाडापखाला, कमलपित्त आदि जस्ता समस्या देखिएकोले सोबाट बच्न सचेतना शिक्षा दिइएको छ ।

    images
    images
    images

    स्वास्थ्यकर्मीहरुले पिउने पानीको धारा शौचालयभन्दा कमसेकम ५ फिटको दुरीमा राख्ने र हैजाको किटाणु, ईकोलाईबाट टाढा बस्ने, पानीलाई सकेसम्म उमालेर वा क्लोरिन (पियुष) मिलाएर पिउने, खाजा ,खाना खानु अगाडी हेण्ड वास ,सावुन आदि प्रयोग गरी राम्रोसँग हात मिचेर धुने जस्ता सचेतना स्थानीयलाई सिकाएको महानगरले जानकारी दिएको छ ।

    images
    images
    images

    वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको बताइएको छ ।

    यसैबीच महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।

    त्यस्तै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हैजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।