Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

images
  • भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११
    images
    images

    काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट ड्रीम-११ पछि हटेको छ । एसिया कप २०२५ अगाडि, ड्रीम ११ भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकको रूपमा पछि हटेको एनडीटीभीले उल्लेख गरेको छ ।

    images
    images
    images

    सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कपमा भारतीय टोलीको जर्सीमा ड्रीम ११ को ब्रान्डिङ देखिने सम्भावना कम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    भारतको संसदबाट अनलाइन गेमिङ विधेयक २०२५ पारित भएपछि यस्तो निर्णय गरिएको बताइएको छ । विधेयकले ड्रीम ११ जस्ता गेमिङ प्लेटफर्महरूलाई प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    ड्रीम ११ ले २०२३ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग ५७३ करोडमा तीन वर्षको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको थियो, जुन २०२६ सम्मको लागि रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।