Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

क्रिकेट एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी

क्रिकेट एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी

images
  • क्रिकेट एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी
    images
    images

    काठमाडौँ । नेपालले क्रिकेट एसिटीमाथि ४१ रनको जित हासिल गरेको छ । नेपालले दिएको १७८ रनको लक्ष्य पछाएको क्रिकेट एसिटीले १७.२ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएको थियो । नेपालको जितमा सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएका थिए भने करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।

    images
    images
    images

    नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेलेको क्यानले बताएको छ । नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ । नेपालले आजै दोस्रो खेक बिहान ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।