Logo

२०८३, श्रावण ३०गते


images
images

वक्तृत्वकला

देवदहमा ‘मानवताको पक्षमा’ विषयक वक्तृत्वकला

देवदहमा ‘मानवताको पक्षमा’ विषयक वक्तृत्वकला

images
  • देवदहमा ‘मानवताको पक्षमा’ विषयक वक्तृत्वकला
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा ‘मानवताको पक्षमा’ विषयक उपशाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको ६३ औं स्थापना दिवसको पुर्वसन्ध्यामा रेडक्रस सोसाईटी देवदह उपशाखाको आयोजना, नेपाल युवा रेडक्रस सर्कल केरवानी माविको आतिथ्यमा कार्यक्रम भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा देवदह क्षेत्रका १५ वटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । सिनियर तर्फ भएको प्रतियोगितामा देवदह बुद्धपव्लिक आवासीय विद्यालयका अनुष्का भण्डारी प्रथम, महामाया भवानी माध्यमिक विद्यालयका सुरक्षा न्यौपाने द्धितिय, देवदह माध्यमिक विद्यालयका निस्तिका परियार तृतिय र देवदह बोर्डिङ स्कुलका दिपा न्यौपानेले सान्त्वना स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    यसैगरी जुनियर तर्फ भएको प्रतियोगितामा देवदह बोर्डिङ स्कुलका लक्ष्मी पौडेल प्रथम, देवदह मदरटगस एकेडेमीका योगेश न्यौपाने द्धितिय, बुद्ध पव्लिक आवासीय माविका शोभित न्यौपाने तृतिय र ग्रिन प्लान्ट आवासीय माविका समृद्धि न्यौपाने सान्त्वना भए । प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यार्थी जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा सहभागि हुने नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । 

    images
    images
    images

    प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको प्रतियोगितामा यज्ञ गैरे र लेखनाथ पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका पुर्व उपसभापति मित्रलाल न्यौपाने, केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख जयकिशन अधिकारी, नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष दीपक न्यौपाने, शिक्षक प्रतिनिधि बिमला अर्याल, वावुराम गिरी लगायते बोल्दै प्रतियोगिताले विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुर्याउने बताए ।

    नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका उपसचिव खेमानन्द ज्ञवालीको स्वागत र सचिव सरोज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वक्तृत्वकला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।