देवदह । रूपन्देहीको देवदह -७ मा अवस्थित देवदह इंलिस बोर्डिङ हाई स्कूलमा सहिद दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा क्रियाशील सुनौलो बाल क्लबको आयोजनामा मंगलबार सहिद दिवस विशेष नेपाली तथा अंग्रेजी भाषामा वक्तृत्वकला तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
वक्तृत्वकला प्रतियोगितामा नेपाली भाषातर्फ प्रशान्त देवकोटा, अनुज काफ्ले र निकिता पौडेल क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् भने अंग्रेजीतर्फ प्रज्ज्वल देवकोटा, शिर्षक तिवारी र अश्री तिमिल्सिना क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरि कविता प्रतियोगितामा नेपाली भाषातर्फ उषा डुम्रे, जीवन वस्याल र दिया न्यौपाने क्रमशः प्रथम द्वितीय र तृतीय र अंग्रेजीतर्फ आरजु भुसाल, स्वस्तिका पुरी र विपिन पाण्डे क्रमशः प्रथम द्वितीय र तृतीय स्थान भएको विद्यालयले जनाएको छ ।
सुनौलो बाल क्लबका अध्यक्ष शिखर पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेल, कार्यवाहक प्राचार्य मन वहादुर क्षेत्री लगायतको उपस्थिति थियो.।
कार्यकमा विद्यार्थी एलिसा थापा र शिक्षक विशाल प्रधानले सहजीकरण गरेका थिए भने निर्णायकको भूमिका सह प्राचार्य विष्णु प्रसाद अर्याल र शिक्षक यमाकान्ती भट्टराईले निर्वाह गरेका थिए ।