Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिन एनपीएल खेल्ने

अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिन एनपीएल खेल्ने

images
  • अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिन एनपीएल खेल्ने
    images
    images

    काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन् ।

    images
    images
    images

    लिन सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् । आधिकारिक घोषणा नगरेपनि सुदूरपश्चिमले बुधवार एक पोष्ट गर्दै अष्ट्रेलियाका खेलाडी भित्राएको र छिट्टै औपचारिक घोषणा गर्ने उल्लेख गरेको छ । 

    images
    images
    images

    खेलाडीको नाम उल्लेख नगरेको भएपनि सुदूरपश्चिमले सार्बजनिक गरेको पोष्टमा उल्लेख गरिएका आँकडा र तस्वीर विश्लेषण गर्दा लिननै भएको स्पष्ट भएको छ ।

    images
    images
    images

    ३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् । बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ । 

    दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।