Logo

२०८३, श्रावण ३०गते


images
images

एनआरएनएको निर्वाचन कार्यतालिका स्थगन, विवाद समाधानका लागि उच्चस्तरीय समिती गठन

एनआरएनएको निर्वाचन कार्यतालिका स्थगन, विवाद समाधानका लागि उच्चस्तरीय समिती गठन

images
  • एनआरएनएको निर्वाचन कार्यतालिका स्थगन, विवाद समाधानका लागि उच्चस्तरीय समिती गठन
    images
    images

    पोर्टमोरेस्वी । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धीका सबै कार्यतालिका स्थगन गरिएको हो ।

    images
    images
    images

    यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो समय एनआरएनएमा देखिएको विवादको समस्या समाधानका लागि चार सदस्यीय उच्चस्तरीय समिति पनि गठन गरिएको छ । संघका अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेको बताएका छन ।

    images
    images
    images

    अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको नाममा पत्र लेख्दै विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेकोले यो समिति गठन गरिएको बताएका छ्न।

    सबै पक्ष सँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ । समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।