काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत अवस्थाबाट अहिलेसम्म ३६ जनाको मृत्यु भइसकेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म देशभर १ हजार ७६० जना घाइतेमध्ये ३२२ जना अझै उपचाररत छन् भने १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन् ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । त्यस क्रममा घाइते भएकामध्ये कतिपयको बाटैमा र केहीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology