Logo

२०८३, कार्तिक ३०गते


images
images

Gen Z प्रदर्शन

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

images
  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    images

    काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमै र उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । मृतक प्रदर्शनकारीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन् ।

    images
    images
    images

    यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीमा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा विभिन्न घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ । कैदीबन्दी तथा बाल बन्दीमध्ये १० जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।