Logo

२०८३, श्रावण ३०गते


images
images

Gen Z प्रदर्शन

जेनजी आन्दोलनमा माओवादी केन्द्रका यी नेताका घरमा तोडफोड र आगजनी (विवरण सहित)

जेनजी आन्दोलनमा माओवादी केन्द्रका यी नेताका घरमा तोडफोड र आगजनी (विवरण सहित)

images
  • जेनजी आन्दोलनमा माओवादी केन्द्रका यी नेताका घरमा तोडफोड र आगजनी (विवरण सहित)
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टीका नेताहरुको निवास तोडफोड र आगजनीको विवरण सार्बजनिक गरेको छ । माओवादी केन्द्रले कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल माओवादी केन्द्रका नेताहरू जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको उल्लेख गरेको छ ।

    images
    images
    images

    हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ र थप विवरण संकलन गर्नेक्रम जारी रहेको बताएको छ ।

    images
    images
    images

    १. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।

    images
    images
    images

    २. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

    ३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

    ४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

    ५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

    ६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

    ७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

    ८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।

    ९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

    १०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

    ११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

    १२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

    १३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

    १४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

    १५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

    १६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।

    १७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

    १८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

    १९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

    २०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।