Logo

२०८३, श्रावण ३०गते


images
images

भारत-पाकिस्तान क्रिकेट

भारत र पाकिस्तान क्रिकेटमा देखिएन उत्साह !

भारत र पाकिस्तान क्रिकेटमा देखिएन उत्साह !

images
  • भारत र पाकिस्तान क्रिकेटमा देखिएन उत्साह !
    images
    images

    काठमाडौँ । एसिया कप खेल बहिष्कार गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला आज हुन लागेको भारत र पाकिस्तानको खेलको उत्साहमा कमि देखिएको छ । विश्व क्रिकेटमै ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तानबीच अपरेशन सिन्दूर पछि पहिलो पटक क्रिकेट मैदानमा आमने सामने हुदै छन् । यो खेल नेपाली समय अनुसार राति ८: १५ बजे देखि शुरु हुदैछ ।

    images
    images
    images

    खास गरि भारतमा यस खेलको बारेमा विरोधका आवाजहरू उठिरहेका छन् । सामाजिक सञ्जालमा पाकिस्तानविरुद्ध खेल्न नहुने आवाज उठिरहेका बेला भारत सरकारले भने यो खेल खेल्न अनुमति दिएको छ । यस पटक यस खेललाई लिएर फ्यानहरूमा उत्साह अलि कम देखिएको छ । गत अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले अपरेशन सिन्दूरको साथ सैन्य अपरेशन सुरु गरेको थियो, जसपछि भारत र पाकिस्तान बीच विवाद बढेको थियो । यस कारण, खेल बहिष्कार गर्ने माग उठेको छ ।

    images
    images
    images

    खेलको लागि हजारौं टिकटहरू अहिले पनि बिक्रि नभएको पाइएको छ र शुक्रवार भारतको अभ्यास सत्रमा धेरै कम दर्शकहरू उपस्थित भएका थिए । टिकट खुलेको केहि मिनेटमै सोल्ड आउट हुने र फ्यानहरु बेकाबू हुने भारत पाकिस्तानबीचको क्रिकेटको त्यो रोमान्चकता हराउनुलाई अचम्म मानिएको छ ।

    images
    images
    images

    यस एशिया कपमा समूह चरणको आफ्नो पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो । 

    भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । 

    भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी-२० विश्वकपमा टी-२० मा आमनेसामने भएका थिए । दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो ।  यद्यपि, २०२४ को टी-२० विश्वकप र हालको टोलीमा धेरै भिन्नता छ र भारत-पाकिस्तान टोलीमा पनि परिवर्तन आएको छ । भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए । रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन् । त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन् । भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन् ।

    भारतीय टिम:

    सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र हर्षित राणा ।

    पाकिस्तानको टिम:

    सलमान आगा (कप्तान), फखर जमान, खुशदिल शाह, सैम अयुब, हसन नवाज, हुसैन तलत, फहीम अशरफ, मोहम्मद नवाज, मोहम्मद हारिस (विकेटकिपर), साहिबजादा फरहान (विकेटकीपर), हसन अली, हरिस रउफ, अबरार अहमद, सलमान मिर्जा, सुफियान मुकीम, मोहम्मद वासिम र शाहिन शाह अफरिदी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।