Logo

२०८३, श्रावण ३०गते


images
images

शान्ति पाठ

जेनजी आन्दोलन : ज्यान गुमाउनेको आत्मशान्तिका लागि लुम्बिनीमा शान्ति पाठ

जेनजी आन्दोलन : ज्यान गुमाउनेको आत्मशान्तिका लागि लुम्बिनीमा शान्ति पाठ

images
  • जेनजी आन्दोलन : ज्यान गुमाउनेको आत्मशान्तिका लागि लुम्बिनीमा शान्ति पाठ
    images
    images

    लुम्बिनी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आत्मशान्ति तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति पाठ गरिएको छ ।

    images
    images
    images

    मंगलबार लुम्बिनीका विभिन्न विहार र गुम्बाका भिक्षु तथा लामाहरुले संयुक्त रुपमा शान्ति पाठ गरेका हुन् । राजकिय विहार लुम्बिनीका प्रमुख सागर भन्तेका अनुसार शान्ति पाठमार्फत आन्दोलनमा ज्यान गुमाएकाहरुको सुगति, साथै देशभर शान्ति, सहिष्णुता र समभाव कायम होस् भन्ने कामना गरिएको हो ।

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ ३ जना र कारागारबाट भाग्ने क्रममा १० जना कैदी रहेका छन् ।

    images
    images
    images

    यस्तै हाल १३४ प्रदर्शनकारी विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ जना प्रहरीको समेत उपचार भइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।