Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा ५ सय श्रामणेरको प्रवज्या

लुम्बिनीमा ५ सय श्रामणेरको प्रवज्या

images
  • लुम्बिनीमा ५ सय श्रामणेरको प्रवज्या
    images
    images

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) का रूपमा प्रवज्या दिइएको छ। सोमबार मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरुहरूले पहेँलो चीवर प्रदान गर्दै उनीहरूलाई श्रामणेर प्रवज्यामा सहभागी गराएका हुन्।

    images
    images
    images

    अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाहरूको सह–आयोजनामा उक्त प्रवज्या कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष महास्थविर धम्म शोभन र थाई धम्मदूत फ्रा ब्रह्मवजिरपोथिवोंगलगायत बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुहरूलाई चीवर प्रदान गरेका थिए।

    images
    images
    images

    अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर धारण गरी बुद्ध धर्मका १० वटा नियमहरूको पालन गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालन गर्ने भए पनि अल्पकालीन भिक्षुले बौद्ध नियमअनुसार आफ्नो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गर्नुपर्ने हुन्छ। पूर्ण भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्ने व्यवस्था रहेको छ।

    images
    images
    images

    फागुन २६ गतेदेखि सुरु भएको प्रवज्या कार्यक्रम आगामी चैत १७ गते समापन हुनेछ। सोमबार पहेँलो चीवर धारण गर्न योग्य भएका श्रामणेरहरूले चीवर ग्रहण गर्न पाउँदा आफूहरू निकै खुशी भएको बताएका छन्।

    आयोजकका अनुसार चीवर प्राप्त गरेका श्रामणेरहरूलाई पञ्चशील, अष्टशील र विनयपिटकबारे जानकारी गराइने साथै दैनिक ध्यान अभ्यास पनि गराइनेछ।

    लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु प्रवज्याले बुद्धको शिक्षा तथा बुद्धधर्मको प्रचार–प्रसारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।