Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध जन्मस्थल लुम्बिनी

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी आएका पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी आएका पर्यटकलाई स्वागत

images
  • विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी आएका पर्यटकलाई स्वागत
    images
    images

    लुम्बिनी। विश्व पर्यटन दिवसको अवसरमा शनिबार बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विभिन्न देशका आगन्तुकलाई स्वागत गर्दै बौद्ध जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी गराएका थिए ।

    images
    images
    images

    यस अवसरमा पर्यटकले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे अनुभव साझा गरेका थिए । विश्व पर्यटन दिवसमा लुम्बिनी पुगेका आगन्तुकलाई स्वागत कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा योगदान हुने अपेक्षा गरिएको कोषले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी युथ एन्टरपेनर्सले लुम्बिनी क्षेत्रको सरसफाइ अभियान सञ्चालन गरेको छ । लुम्बिनी क्षेत्रको आकर्षण र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यसहित गरिएको अभियानमा स्थानीय युवाको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images
    images
    images

    अभियानमा सहभागी युवाले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्र, शान्ति मार्ग र आसपासका क्षेत्रमा सफाइ गर्दै पर्यटकलाई स्वच्छ र आकर्षक वातावरण प्रदान गर्ने सन्देश दिएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।