Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

क्विन्टन डी ककले फिर्ता लिए एकदिवसीय क्रिकेटको सन्यास

क्विन्टन डी ककले फिर्ता लिए एकदिवसीय क्रिकेटको सन्यास

images
  • क्विन्टन डी ककले फिर्ता लिए एकदिवसीय क्रिकेटको सन्यास
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान क्विन्टन डी ककले एकदिवसीय क्रिकेटबाट आफ्नो सन्यास फिर्ता लिएका छन् । 

    images
    images
    images

    अक्टोबरमा हुने पाकिस्तान भ्रमणका साथै त्यसअघि नामिबियामा हुने एकल टी-२० र एकदिवसीय टिममा समावेश गरिएको छ ।

    images
    images
    images

    डि ककले २०२३ को एकदिवसीय विश्वकप पछि ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए र दक्षिण अफ्रिकाका लागि उनको अन्तिम सेतो बल खेल बार्बाडोसमा २०२४ को टी-२० विश्वकप फाइनल खेलेका थिए । उनले आधिकारिक रूपमा टी-२० बाट कहिल्यै सन्यास लिएका भने थिएनन्, तर उनलाई दक्षिण अफ्रिकाको कुनै पनि टोलीमा समावेश गरिएको थिएन । यसैबीच, उनी हालै सम्पन्न सीपीएल सहित विश्वभरका टी-२० लिगहरू खेलिरहेका छन् ।

    images
    images
    images

    वर्तमान मुख्य प्रशिक्षक शुक्री कोनराडसँगको छलफलमा डिककले फेरि राष्ट्रिय टोलीबाट खेल्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई टिममा समावेश गरिएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।