Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

हमासलाई आत्मसमर्पण गर्न प्यालेस्टिनी राष्ट्रपति अब्बासको आव्हान

हमासलाई आत्मसमर्पण गर्न प्यालेस्टिनी राष्ट्रपति अब्बासको आव्हान

images
  • हमासलाई आत्मसमर्पण गर्न प्यालेस्टिनी राष्ट्रपति अब्बासको आव्हान
    images
    images

    काठमाडौँ । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न अपील गरेका छन् ।

    images
    images
    images

    राष्ट्र संघका १५० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि राष्ट्रपति अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारसहित आत्मसमर्पण गर्न अपील गरेका हुन् ।

    images
    images
    images

    अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछि प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।

    images
    images
    images

    अब्बासले आफ्नो सम्बोधनमा स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए । उनले गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गरे । प्यालेस्टिनी राष्ट्रपतिले भने- 'हामी हतियार बिनाको संयुक्त राष्ट्र चाहन्छौं ।'

    प्यालेस्टिनी राष्ट्रपतिले अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे । इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने- 'हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ । अब हिंसा र युद्ध होइन ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।