Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा,सरकार बनाउने कसरतमा काँग्रेस

मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा,सरकार बनाउने कसरतमा काँग्रेस

images
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा,सरकार बनाउने कसरतमा काँग्रेस
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन् । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

    images
    images
    images

    कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ ।

    images
    images
    images

    मुख्यमन्त्री सिंहको जनमत पार्टीले पनि आफ्नै दलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेस सभामा बुझाइसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।

    images
    images
    images

    कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् । जसमा कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक-एक गरी ७२ सांसद विपक्षमा छन् ।

    सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ । राजीनामा दिन अस्वीकार गर्दै आएका र विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सिंहको रणनीतिमा कांग्रेसले समर्थन फिर्ता लिएपछि धक्का पुगेको छ ।

    नयाँ परिस्थितिमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ भने एमाले र लोसपा पनि सरकारको नेतृत्व गर्ने गरि गठबन्धन बनाउन जुटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।