काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई पुगेर अभ्यास शुरु गरेको छ । भिसा समस्याका कारण चार दिन ढिलो गरि युएई पुगेको टिमले युएईको शारजहा क्रिकेट स्टेडियममा अभ्यास शुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीन खेलको युनिटी टी-२० सिरिज खेल्ने तालिका रहेको छ । वेस्ट इन्डिजविरुद्ध क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम चयन गरको छ ।
जसमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology