Logo

२०८३, आश्विन ९गते


images
images

मुम्बई-११ विरुद्ध नेपाल ७ विकेटले विजयी

मुम्बई-११ विरुद्ध नेपाल ७ विकेटले विजयी

images
  • मुम्बई-११ विरुद्ध नेपाल ७ विकेटले विजयी
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा विहिबार राति सम्पन्न खेलमा नेपालले मुम्बई-११ लाई ७ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    मुम्बई- ११ ले दिएको १४३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेका थिए । रोहितले अविजित ५० रन बनाएका थिए  । त्यस्तै कुशल भुर्तेलले ३८ र दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए ।   

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बई-११ ले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो  । 

    विश्वकपको तयारीमा रहेको नेपाली टिमले अर्को अभ्यास खेल जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।