Logo

२०८३, आश्विन ९गते


images
images

बक्स अफिस

नेपाली बक्स अफिसमा आजदेखि त्रिपक्षिय भिडन्त : बलिदानको दबदबा

नेपाली बक्स अफिसमा आजदेखि त्रिपक्षिय भिडन्त : बलिदानको दबदबा

images
  • नेपाली बक्स अफिसमा आजदेखि त्रिपक्षिय भिडन्त : बलिदानको दबदबा
    images
    images

    काठमाडौँ । आज बडादशैँको फूलपातीमा नेपाली बक्स अफिसमा त्रिपक्षिय भिडन्त रहेको छ । आज फिल्म माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता रिलिज भएका छन् । 

    images
    images
    images

    तिनै फिल्मको अग्रिम टिकट बुकिङ र शोका हिसाबले फिल्म ‘बलिदान’ अगाडि देखिएको छ । बलिदानले दुई सयभन्दा बढी शो पाएको छ छ भने कैयौं शो अग्रिम बुकिङमै हाउसफुल भएका छन् । सन्तोस सेन निर्देशित बलिदानमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।

    images
    images
    images

    त्यस्तै फिल्म माइतीघरले देशभर डेढ सयभन्दा बढी शो पाएको यो फिल्मको अग्रिम टिकट बुकिङको अवस्था सन्तोषजनक रहेको छ भने अग्रिम बुकिङमा केहि शो हाउसफुल भएका  छन् । मिलन तामाङले निर्देशन गरेको माइतीघरमा केदार घिमिरे, प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरीलगायतको अभिनय रहेको छ ।  

    images
    images
    images

    त्यसैगरी आज रिलिज भएको फलम हरिबहादुरको जुत्ताको पनि अग्रिम टिकट बुकिङ राम्रो रहेको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बक्स अफिस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।