Logo

२०८३, आश्विन १०गते


images
images

ऐतिहासिक जीत

एक खेलअघि नै नेपालले जित्यो वेस्ट इन्डिजविरुद्धको सिरिज

एक खेलअघि नै नेपालले जित्यो वेस्ट इन्डिजविरुद्धको सिरिज

images
  • एक खेलअघि नै नेपालले जित्यो वेस्ट इन्डिजविरुद्धको सिरिज
    images
    images

    काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको युनिटी टी-२० सिरिज एक खेल अघि नै जितेको छ । सोमबार राति युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १७४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १७.१ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो । वेस्ट इन्डिजको ब्याटिंग ध्वस्त गर्ने क्रममा आदील आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि आसिफ सेखले सर्बाधिक अविजित ६८ रन बनाए भने सन्दीप जोराले ६३ रन बनाएका थिए । आसिफ र सन्दीपले चौथो विकेटका लाई सय रनको साझेदारी गरेका थिए । त्यसैगरी कुशल भुर्तेलले २, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७ रन बनाएका थिए भने गुलशन झाले ६ र आदील आलमले ११ रन बनाएका थिए ।

    त्यसैगरी वेस्ट इन्डिजका बलर अकील होसैन र काइल मेयार्सले २-२ विकेट लिए भने जेडीआह ब्लाड़ेसले एक विकेट लिएका थिए ।

    यो जितपछि नेपालले ३ खेलको सिरिज एक खेल अघिनै  २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल मंगलबार राति हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनिटी कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।