Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

मेडागास्करमा जेनजी आन्दोलन : सरकार विघटन

मेडागास्करमा जेनजी आन्दोलन : सरकार विघटन

images
  • मेडागास्करमा जेनजी आन्दोलन : सरकार विघटन
    images
    images

    काठमाडौँ । अफ्रिकन देश मेडागास्करमा युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन् ।

    images
    images
    images

    पानी र बिजुलीको लामो समयसम्म अवरुद्ध भएको विरोधमा युवाहरूको नेतृत्वमा केही दिनदेखि भएको प्रदर्शनपछि यो घोषणा आएको हो ।

    images
    images
    images

    टेलिभिजन सम्बोधनमा एन्ड्री राजोएलिनाले भने- 'यदि सरकारले जनताले सुम्पेको जिम्मेवारी पूरा गरेको छैन भने, हामी यसलाई स्वीकार गर्छौं र माफी चाहन्छौं ।'

    images
    images
    images

    राष्ट्रपतिको राजीनामा माग्दै गत हजारौं युवाहरू सडकमा उत्रिएका छन् । संयुक्त राष्ट्र मानव अधिकार प्रमुखले प्रदर्शनमा कम्तिमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको रिपोर्ट गरेका छन् ।

    प्रमुखले प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा बलको कारबाहीको पनि निन्दा गरेका छन् । मेडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघको तथ्याङ्कलाई अस्वीकार गरेको छ । मन्त्रालयले यी तथ्याङ्कहरू 'अफवाह वा गलत जानकारी' मा आधारित रहेको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।