Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

images
  • नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
    images
    images

    काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा मात्र ३ रनले पराजित भएको छ । जितको सम्भावना अन्तिम ओभरसम्म जीवित रहेपनि नेपालले आवश्यक रन जोड्न नसकेपछि हार व्यहोर्नु पर्यो ।

    images
    images
    images

    कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल तयार गर्‍यो । घरेलु टोलीका लागि कप्तान विनिफ्रेड दुरासिंघमले २७ रन, अइना हमिजाले २६ रन र मास एलिसाले २५ रन जोडे । नेपालकी सोमु विष्टले २ विकेट हात पारिन् भने रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

    images
    images
    images

    १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका ब्याटरहरूले सुरुवातमा राम्रो प्रदर्शन गर्न नसके पनि खेललाई अन्तिम क्षणसम्म रोमाञ्चक बनाए । अन्तिम ओभरमा ७ रन आवश्यक भएको अवस्थामा कविता जोशी र राजमती ऐरीले क्रिज सम्हालेका थिए । तर दुवैले अपेक्षित रन बनाउन नसकेपछि नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा १०१ रनमै रोकियो ।

    images
    images
    images

    नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कप्तान इन्दु बर्माले १२ र अविजित रहिएकी कविता जोशीले १३ रन जोडे । तर मध्यम तथा तल्लो क्रमका खेलाडीले रन योगदान दिन नसक्दा जित हातबाट फुत्कियो ।

    मलेसियाका लागि बलिङतर्फ नुर दानिया स्यादाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले समान २-२ विकेट लिए ।

    ३ रनको हार नेपाली टोलीका लागि गम्भीर चेतावनी बनेको छ । ब्याटिङ लाइनअपमा स्थायित्वको कमी र दबाबका क्षणमा रन बटुल्न नसक्ने कमजोरीले फेरि पनि उजागर भएको छ । यस्तै, फिनिसिङ क्षमतामा देखिएको कमीलाई सच्याउन सके मात्र शृंखलामा फर्कने सम्भावना रहने विश्लेषकहरूको भनाइ छ ।

    शृंखलाको दोस्रो खेल शनिबार हुनेछ । नेपाली टोलीका लागि यो खेलमा हार–जित मात्रै नभई आत्मविश्वास पुनःस्थापना गर्ने अवसर पनि हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।