काठमाडौँ । सडक विभाग र डिभिजन कार्यालयहरुलाई सम्भावित बर्षा र त्यसपछि हुनसक्ने विपदका लागि निर्देशन जारी गरिएको छ ।
विज्ञका विश्लेषण र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनालाई आधार मान्दै भोलिसम्म सम्पूर्ण डिभिजन प्रमुख ,योजना प्रमुखहरु आफ्ना कार्यालयका अपरेटर तथा इन्जिनियरहरुका साथ आफ्नो स्थानमा सुरक्षित रूपमा पुग्न आग्रह गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ ।
विपदपछि चाहेर पनि जान नसक्ने अबस्था आउन सक्ने हुनाले आ-आफ्नो स्थानमा सुरक्षित पुगेर योजना बनाएर सम्भावित विपदको लागि तयार रहन निर्देशन दिइएको छ ।
नागढुंगा मुग्लिङ सडक, मुग्लिङ नारायणगढ, विपी हाइवे, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने, लगायतका सडकहरुमा बढी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology