काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
आइतवार बिहान मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरण कुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र भियतानामले अक्टोबर ९ र १४ गते खेल्ने तालिका रहेको छ ।
दुवै खेल भियतनामको बिन दुगं रगंशालामा खेलिदैछ । होम एन्ड अवे हुने भनिएको खेल नेपालको दशरथ रंगशाला खेल्नको लागि अयोग्य ठहर भएपछि दुवै खेल भियतनाको मैदानमा हुन लागेको हो ।
भियतनामविरुद्ध खेल्ने नेपाली टोली: किरण कुमार लिम्बू (कप्तान र गोलकिपर)बिशाल सुनार (गोलकिपर), दिप कार्की (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, कृतिक रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology