काठमाडौं । नेपाली बजारमा उपलब्ध भारतीय चर्चित स्कुटर ब्रान्ड प्योर ईभीले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यु इयर अफर ल्याएको छ । अंग्रेजी नयाँबर्ष २०२२ सुरु हुनै लाग्दा "न्यु इयर अफर २०२२" ल्याएको हो । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ल्याएको उक्त अफर अन्तर्गत प्योर ईभीका हरेक स्कुटर खरिद गर्दा ८ हजार रुपैयाँ स्योर सट छुट उपलब्ध हुनेछ ।
त्यसैगरी स्योर सट गिफ्ट अन्तर्गत ३ हजार ५ सय रुपैयाँ मूल्य पर्ने प्योर ईभी हुडी वा स्वेटर उपलब्ध हुनेछ । अन्त्यमा एक जना लक्की विनरले पोखराको वाटरफ्रन्ट रिसोर्टमा २ रात र ३ दिन बस्न मिल्ने गरी दुई जनालाई काठमाडौं–पोखराको दुईतर्फी एयर टिकट सहितको सुविधा प्राप्त गर्ने ह्वाइट लोटस मोटर्सले जनाएको छ ।

नेपालमा बिक्री गरिरहेका मुख्य तीन ओटा स्कुटरहरु इप्लुटो सेभेन जि, इन्ट्रान्स प्लस, र इन्ट्रान्स नियो को बारेमा छोटकरीमा जानकारी तल दिइएको छ ।
"इप्लुटो सेभेन जि"
सबै समुहलाइ प्रयोग गर्न मिल्ने इप्लूटो सेभेन जि २.२ किलोवाट मोटरको साथमा आएको यो स्कुटर २.५ किलोवाट-आवर लिथियम-आयन ब्याट्री (पोर्टेबल) द्वारा संचालित छ । जुन २.२ किलोवाटको पीक पावर उत्पादन गर्न डिजाइन गरिएको हो । यो स्कुटरमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ । हाइ टोर्क मोटर रहेको यो स्कुटर ६० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्न सक्छ । १० इन्चको एलोय व्हिल रहेको यो स्कुटरको टायर ट्युबलेस हो । अन्य सुविधाहरूमा एन्टी-चोरी स्मार्ट लक, १२-डिग्री ग्रेडबिलिटी, पुनर्जनित ब्रेकिंग, बाह्य चार्जिंग पोर्ट र एलईडी लाइटहरु समावेश छन्। यसको ब्याट्री पूरा चार्ज हुनलाई लाग्ने समय भनेको ३ देखि ४ घण्टा हो । यसको अहिलेको मूल्य २६०००० रुपियाँ रहेको छ । इप्लुटो सेभेन जि स्कूटर ६ रंगमा रातो, निलो, कालो, खैरो, पहेलो, घुर्मैलो कालो र सेतो रंगमा उपलब्ध छ ।
"इन्ट्रान्स प्लस"
प्युअर इभि इट्रान्स प्लस एउटा सरल डिजाइनमा बनेको स्कुटर हो । यो एउटा किफायती साधन हो भनेर बुज्नुपर्छ । २५० वाटको हब मोटर रहेको यो स्कुटरमा १.४ किलोवाट-आवर लिथियम-आयन ब्याट्रीबाट चल्ने गर्छ । ३ घन्टामा फुल चार्ज हुने ब्याट्री रहेको छ भने एक पटक चार्ज गरेपछि ९० किलोमीटर गुड्न सक्छ । यसको अधिकतम स्पिड भनेको ४० किलोमीटर प्रती घन्टा हो । पोर्टेबल ६ एम्पिएर चार्ज आउटपुट रहेको स्कुटरमा एलसिडि डिस्प्ले रहेको छ ।
इट्रान्स प्लस अन्य इलेक्ट्रिक स्कूटरहरू भन्दा अलि सस्तो छ, अगाडि र पछाडि दुबै टायरमा ड्रम ब्रेकको साथमा इ-एबिएस सुविधा प्रदान गर्दछ । यो स्कुटरको मजबूत चेसिस डिजाइन नेपाली सडकहरूको लागि निकै उपयुक्त छ । यसले ब्याट्रीको क्षमता कति प्रतिशत बाँकी छ भन्ने पनि देखाउदछ । इन्ट्रान्स प्लस पनि रातो, निलो, कालो, खैरो, पहेलो, घुर्मैलो कालो र सेतो रंगमा उपलब्ध छ । यसको मूल्य १९९९०० रुपैयाँ रहेको छ ।

"इन्ट्रान्स नियो"
इन्ट्रान्स नियो स्पोर्टी जस्तै देखिन्छ । यो स्कुटरमा २.२ किलोवाटको मोटर छ। यो २.५ किलोवाट-आवर लिथियम-आयन ब्याट्रीबाट चल्छ । इन्ट्रान्स नियो पनि इप्लुटो सेभेन जी जस्तै छ । यो पनि ६० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्न सक्छ र एक पटक फुल चार्ज गरेपछि ९०-१२० किलोमीटर सम्म गुड्नेछ । यसको पनि ब्याट्री पूरा चार्जिङ हुन लाग्ने समय भनेको ३ देखि ४ घण्टा हो ।
इप्लुटो जस्तै एन्टी-चोरी स्मार्ट लक, १२-डिग्री ग्रेडेबिलिटी,१० इन्च कास्ट एलोय व्हील, र एलईडी लाइट भएको इट्रान्स नियोमा यसबाहेक एलसीडी डिस्प्ले, ड्रम ब्रेक, २ व्यक्तिको सिट क्षमता, एलईडी हेडल्याम्प, साइड इन्डिकेटर, साइड स्ट्यान्ड सूचक रहेको छ । यसको क्षेमता १५० केजि सम्म रहेको छ । यो पनि इप्लुटो सेभेन जि र इन्ट्रान्स प्लस जस्तै सबै रङमा उपलब्ध रहेको कम्पनिले जनाएको छ ।
यसको मूल्य २४९९०० रुपियाँ रहेको छ ।
स्कुटरको ब्याट्रीमा ५ वर्ष तथा मोटर र कन्ट्रोलरमा २/२ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध हुने छ ।
प्योर ईभी नेपाली बजारमा भित्रिएको एक वर्ष मात्र पुगेको छ । तर पनि छोटो अवधिमा यसले विभिन्न डिलर सञ्जाल विस्तार गर्नुका साथै ग्राहक शिक्षा समेत प्रदान गरेको छ ।
हालै मात्र हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुलेको छ । इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था छ । प्युअर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ । त्यसैगरी टेकु र गावहाल तथा उपत्यका वाहिर बुटवल राजमार्ग चौराहा (इन्जिन क्लाउड), कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन् । छिट्टै नै देशका विभिन्न ५ स्थानमा नयाँ सोरुम खोल्ने तयारी भइरहेको पनि ह्वाइट लोटस मोटर्सले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology