काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरने क्रममा रहेको जानकारी दिएको छ ।
विभागले सोमवारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।
त्यस्तै देशका अन्य भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको र मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology