Logo

२०८३, श्रावण ३०गते


images
images

मनसुन सक्रिय हुन नसक्दा देशभर गर्मी : भोलिदेखि केही राहत हुनसक्ने

मनसुन सक्रिय हुन नसक्दा देशभर गर्मी : भोलिदेखि केही राहत हुनसक्ने

images
  • मनसुन सक्रिय हुन नसक्दा देशभर गर्मी : भोलिदेखि केही राहत हुनसक्ने
    images
    images

    काठमाडौं । सरदरभन्दा झन्डै दुई साता अघि नेपालमा मनसुन भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई र मधेसका अन्य स्थानमा पनि तापक्रम बढेको छ । जेठ महिनाको मध्य तिर नै मनसुन नेपाल भित्रिएपनि सक्रिय हुन नसक्दा काठमाडौंमा समेत गर्मीको महशुस गरिएको छ । 

    images
    images
    images

    काठमाडौंमा सोमवारको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । पूर्वको कोशीमा मनसुन भित्रिएर एक दुई दिन सक्रिय भएपनि पनि क्रमशः पश्चिम तर्फ सर्न सकेन । नेपाल आइपुगेको मनसुन सक्रिय बन्न नसक्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । आईतवार र सोमवार देशका अधिकांश क्षेत्रमा टण्टलापुर घाम लाग्यो

    images
    images
    images

    मनसुन देशभर विस्तार हुन अझै एक हप्ता वा सो भन्दा बढि समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताईन् । आज बिहान मध्य र पश्चिमी क्षेत्रका आकाशमा बादल देखापरेपनि गर्मी अत्याधिक बढि छ । महाशाखाका अनुसार मध्यान्ह तिर कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । बुधवारदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।

    images
    images
    images

    देशभर गर्मी बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ । अत्याधिक गर्मीका कारण तराई र मधेश क्षेत्रका विद्यालयहरुले विद्यार्थीलाई एक साताका लागि गर्मी विदा दिएका छन् । गर्मीका कारण बालबालिकामा रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले सुझाएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा छाता ओढ्ने प्रसस्त पानी, ग्लुकोज, सर्वत पिउने, शितल छहारीमा चिकित्सकहरुको सुझाव छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनसुन
  • # गर्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।