रमेश बहादुर सिह, बझाङ। बझाङको जयपृथ्वी नगरपालिका ३ को पडेस बस्तीका ५०० सय दलित समुदाय खानेपानीको चरम संकट भोक्दै आएका छन । स्थानीय सरकार गठन भएको ४ वर्ष पूरा हुदा पनि चुनावी नाराको मुल एजेन्डा खानेपानी समस्यालाई दिए पनि दलित बस्तीका ५०० घरधुरी अझै खानेपानी समस्याको सिकार बनीरहेका छन ।
नमुना बस्ती निर्माण र लिप्टिङ खानेपानी निर्माणबाट गाउँलाई खानेपानी पुर्याउने स्थानीय सरकारको पहल यति बेला ओझेलमा परेको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का,जिल्ला समन्वय समितिका प्रमुख खडक बहादुर खड्का र संविधान सभा सदस्य अफिलाल ओखेडाको गृह गाउँमा रहेको पडेस गाउँकै ५०० दलित परिवार अहिले घण्टौ समय बिताएर खानेपानीको जोहो गर्ने गरेका छन ।
राज्यको मुख्य अंगमामा हक जमाएर बसेका मानिसहरुकै गाउका दलित समुदायले खानेपानीको चरम समस्या भोग्नु पर्दा स्थानीयहरु आगामी निर्वाचनमा भोट दिने नदिने बारेमा गहिरो सोचमा परेका छन ।
खानेपानीका लागि योजना विनियोजन गर्ने र कार्यकर्तालाई उपभोक्ता समितिको जिम्मेवार पदमा बसाएर कार्यकर्ता भरनपोषणा गर्ने प्रबृतिका कारण खानेपानीको संकट भोक्दै आएको स्थानियको गुनासो छ। खानेपानीका लागि योजना विनियोजन गर्ने र निर्माणका नाममा धारा मात्र निर्माण गरेर बिल भर्पाई पेश गरि बजेट पचाउने संस्कारकोले पडेसका दलित समुदायमा ठूलो तिक्तता पैदा गराएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology