Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तर पुस्तिका जलेर नष्ट, फेरी परीक्षा दिनुपर्ने

जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तर पुस्तिका जलेर नष्ट, फेरी परीक्षा दिनुपर्ने

images
  • जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तर पुस्तिका जलेर नष्ट, फेरी परीक्षा दिनुपर्ने
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनः परीक्षा सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा झापाको कन्काई आदर्श क्याम्पस बिर्तामोड, रौतहट चन्द्रनिगाहपुरको जजनाज्योति क्याम्स र दाङको घोराहि स्थित सिद्ध रत्ननाथ क्याम्पस परीक्षा केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    images
    images
    images

    यहाँस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

    images
    images
    images

    परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।

    स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका करिब साढे छ सय विद्यार्थीका उत्तर पुस्तिका नष्ट भएको अनुमान गरिएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा केन्द्रमा परीक्षा परेका क्याम्पसहरुले आ-आफ्ना विद्यार्थीहरुलाई उक्त दिनका परीक्षा पुन: दिनुअप्रने जानकारी गराइदिन समेत अनुरोध गरेको छ ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।