Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

राष्ट्रपति पौडेलको स्पष्ट सन्देश : लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प

राष्ट्रपति पौडेलको स्पष्ट सन्देश : लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प

images
  • राष्ट्रपति पौडेलको स्पष्ट सन्देश : लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको सन्देश दिएका छन् ।

    images
    images
    images

    शुक्रवार शीतल निवासमा आफैले बोलाएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुको विकल्प नभएको दलहरूलाई सन्देश दिएका हुन् ।  

    images
    images
    images

    राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले बैठकमा राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरेका थिए । उनले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । 

    बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको धारणा राखेका थिए । उनीहरूले सरकारले यो शंका र संशय हटाउनुपर्ने बताउदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावारण बनाउनुपर्ने बताएका थिए । 

    राजनीतिक दलका शिर्ष नेताको भने उपस्थिति नरहेको सर्बदलीय बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र मिना लामा, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी रहेका छन् । 

    त्यस्तै जसपाबाट रेणु यादव, जनमत पार्टीबाट सिके राउत र जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्राचार्य  र प्रकाश अधिकारी, नाउपाबाट रेशम चौधरी र नेमकिपाबाट सुनिल प्रजापती सहभागी थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।