Logo

२०८३, आश्विन १०गते


images
images

माओवादीको विधान सर्वसम्मतिले पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति हुने

माओवादीको विधान सर्वसम्मतिले पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति हुने

images
  • माओवादीको विधान सर्वसम्मतिले पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति हुने
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान पारित भएको छ। 

    images
    images
    images

    अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

    images
    images
    images

    पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ ।  

    images
    images
    images

    केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनीत गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।

    महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।