काठमाडौँ । घाना फिफा विश्वकप फुटबलमा छनौट भएको छ । घाना अफ्रीका क्षेत्रबाट २०२६ को फिफा विश्वकपमा छनौट भएको हो ।
समुह आइ अन्तर्गतको खेलमा गएराती कोमोरोसविरुद्ध १-० को जित निकालेसँगै घानाको समुहमा १० खेलमा २६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । योसँगै घाना पाँचौं पटक विश्वकपमा छनौट भएको छ ।
अफ्रिका क्षेत्रबाट घानासहित अल्जेरिया, इजिप्ट, मोरक्को र ट्युनिसिया विश्वकपमा छनौट भएका छन् । यस पटकको विश्वकपमा अफ्रिकाबाट ९ देश छनौट हुने छन् भने एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology