Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकपमा इरान अपराजित, बेल्जियमलाई बराबरीमा रोक्न सफल

विश्वकपमा इरान अपराजित, बेल्जियमलाई बराबरीमा रोक्न सफल

images
  • विश्वकपमा इरान अपराजित, बेल्जियमलाई बराबरीमा रोक्न सफल
    images
    images

    काठमाडौँ । विश्व फुटबलमा बेल्जियमले इरानसँग गोलरहित बराबरी खेलेपछि उसको विश्वकप यात्रा दबाबमा परेको छ ।

    images
    images
    images

    लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको बेल्जियम दोस्रो पटक लगातार समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ ।

    images
    images
    images

    खेलको सुरुआती पाँच मिनेटमै केभिन डी ब्रुनेको आकर्षक क्रसमा रोमेलु लुकाकुले सही सम्पर्क गर्न सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो ।

    images
    images
    images

    देशका सर्वाधिक गोलकर्ता तथा नेपोलीका फरवार्ड लुकाकुले सन् २०२५ को जुनपछि पहिलो पटक सुरुआती टोलीमा स्थान पाएका थिए । बेल्जियमलाई आवश्यक जित दिलाउने जिम्मेवारी उनकै काँधमा थियो । तर उनी अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन् ।

    बरु इरानका गोलरक्षक अलिरेजा बेइरानभान्दले लगातार उत्कृष्ट बचाउ गर्दै बेल्जियमका प्रयास विफल बनाइदिए । त्यसमाथि युवा रक्षक नाथन एन्गोयले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम थप समस्यामा परेको थियो ।

    यस नतिजासँगै सन् २०१८ को विश्वकप सेमिफाइनलिस्ट बेल्जियम समूह ‘जी’ बाट अघि बढ्न असफल हुने खतरा बढेको छ ।

    अब अन्तिम समूह चरणको खेलमा न्युजिल्यान्डलाई पराजित गरे बेल्जियम अन्तिम ३२ मा पुग्नेछ । तर अन्य कुनै नतिजा आएमा उसको यात्रा अनिश्चित बन्नेछ ।

    यता, प्रत्येक खेलअघि एक दिन मात्रै अमेरिका प्रवेश गर्न अनुमति पाएको इरानका लागि यो बराबरी ऐतिहासिक बनेको छ । यससँगै इरानले पहिलो पटक विश्वकपका सुरुआती दुई खेलमा हार बेहोर्नबाट जोगिन सफल भएको छ ।

    अब बेल्जियमले अर्को खेल जुन २७ मा न्यूजिल्याण्डसँग र इरानले सोहि दिन इजिप्टसँग समुह चरणको अन्तिम खेलमा खेल्ने तालिका छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।