काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ ।
मंगलबार मुख्यमन्त्री सतिस कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनको आव्हान गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बुधबार दिनको ४ बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
त्यसअघि प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजिनामा स्वीकृत गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology