Logo

२०८३, श्रावण ३०गते


images
images

पाक-अफगान द्वन्द

पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत

पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत

images
  • पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत
    images
    images

    काठमाडौँ । सीमामा तनाब बढिरहेपछि पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत भएका छन् ।

    images
    images
    images

    पाकिस्तानको विदेश मन्त्रालयले ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ भने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन् ।

    images
    images
    images

    पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको हो । तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताको लागि अनुरोध गरेको छ ।

    images
    images
    images

    दुवै देशले एक अर्काको अनुरोधमा युद्धविराम लागू भइरहेको दाबी गरेका छन् ।

    यसअघि बुधबार, पाकिस्तानले धेरै अफगान चौकीहरू ध्वस्त पारेको दाबी गरेको थियो ।

    पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्ति जारी गर्दै अफगान तालिबानले गरेको आक्रमणको बदला लिने कारबाहीमा १५-२० आक्रमणकारी मारिएको दाबी गरेको छ । यस अघि अफगानिस्तानले गरेको आक्रमणमा ठुलो संख्यामा पाकिस्तानी सेना हताहत भएको बताइएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।