Logo

२०८३, आश्विन ९गते


images
images

विश्व खाद्य दिवस

आज विश्व खाद्य दिवस मनाइदै

आज विश्व खाद्य दिवस मनाइदै

images
  • आज विश्व खाद्य दिवस मनाइदै
    images
    images

    काठमाडौँ  । आज ४५औं विश्व खाद्य दिवस मनाइदैछ । 'राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै' भन्ने मूल नाराका साथ विहिबार विश्वभर विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइँदै छ ।

    images
    images
    images

    सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउने गरिन्छ । 

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वमा झन्डै ७० करोडभन्दा बढी मानिसले नियमितरुपमा पर्याप्त खाना पाइरहेका छैनन् । बालबालिका र गर्भवती महिलामा कुपोषण अझ गम्भीर समस्या बनेको छ । अहिले नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता देशहरु तीव्र भोकमरीको अवस्था रहेको छ ।

    images
    images
    images

    नेपालजस्ता विकासशील देशमा पनि खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहँदै आएको छ । पहाडी र हिमाली क्षेत्रका धेरै गाउँमा अझै पनि वर्षभरिका लागि अन्न पुग्दैन । कतिपय परिवारहरु आयस्रोतको अभाव, जमिनको असमान स्वामित्व र कृषि उत्पादनमा निर्भरता घट्दै जानुका कारण भोकमरीको जोखिममा छन् । यस्तै, सहर क्षेत्रमा अत्यधिक प्रशोधित र पोषणहीन खाना खाने प्रवृत्तिले स्वास्थ्यमा समस्या बढाएको छ । खाद्य समस्या अभाव मात्र नभएर गुणस्तर र सन्तुलनसँग पनि जोडिएको हुन्छ । सरकारले कृषि उत्पादन वृद्धिका लागि नीति र योजना बनाए पनि कार्यान्वयनमा अझै सुधार आवश्यक देखिएको छ । किसानलाई उत्पादनका लागि आवश्यक मल, बीउ, सिंचाइ र बजारको सुनिश्चितताबिना खाद्य आत्मनिर्भरता सम्भव देखिँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।