Logo

२०८३, श्रावण ३०गते


images
images

स्वदेश फिर्ता

स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

images
  • स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी
    images
    images

    काठमाडौं । विपिन जोशीको रिहाइका लागि आवाज उठाउन अमेरिका पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । उनीहरू बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

    images
    images
    images

    विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै स्वदेश फर्किएका हुन् । हमासले विपिजई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो । उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही समयअघि सार्वजनिक भएको थियो ।

    images
    images
    images

    हमासले आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धक र विपिनसहित केही मृतक बन्धकहरूको शव इजरायललाई बुझाएको छ । विपिनको शव नेपाल आउन केही समय लाग्ने जनाइएको छ ।उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।

    images
    images
    images

    कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेका थिए ।

    अपहरणमा परेको केही समयमै उनको मृत्यु भएको इजरायली सेनाले प्रारम्भिक जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।