Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने

इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने

images
  • इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने
    images
    images

    काठमाडौँ । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आज अन्तिम बिदाई गर्ने भएको छ ।

    images
    images
    images

    बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे ९ बजे आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा बिदाई गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    फोरमले भनेको छ- 'इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् । इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।'

    images
    images
    images

    साथै इजरायल सरकारले स्थानीय समय अनुसार बिहान बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना हुने फोरमले जनाएको छ ।

    २०२४ को अक्टोबर ७ मा हमासबाट अपहरित विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । साथै इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।